संगीत

सगरमाथा आरोहण गरेर फर्किए गायक राजु लामा

इकागज |
जेठ ५, २०७९ बिहीबार १४:१ बजे

काठमाडौँ - गायक राजु लामाले सगरमाथाको सफलतापूर्वक आरोहण गरेर काठमाडौँ फर्किएका छन् । अघिल्लो हप्ता सगरमाथा आरोहण गरेका गायक लामा बिहीबार काठमाडौँ ओर्लिएका हुन् । 

गायक लामाले जल वायु परिवर्तन सिर्जित घटनाक्रमबारे जनजेतना जगाउन आफू सगरमाथा चढ्न लागेको बताएका थिए । यसका लागि उनले ६ हजार मिटरमाथि कन्सर्ट गरेर कीर्तिमान पनि कायम गरेका थिए । गायक लामा मंगोलियन हर्टका लिड भोकलिस्ट हुन् ।



Author

थप समाचार
x