संगीत

‘दान्भी’को गीतमा पूजा र कुन्साङको रोमान्स

इकागज |
जेठ ६, २०८१ आइतबार ११:५० बजे

काठमाडौँ - आगामी असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’ सार्वजनिक गरिएको छ । सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रदिप प्रखर पोखरेलको शब्द रचना छ ।

गीतमा फिल्मकी मुख्य अभिनेत्री पूजा शर्मा र डेब्यु अभिनेता कुन्साङ बोमजनको रोमान्स देखाइएको छ । 


रुपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । देव मगर र अनुप गडाल निर्माता हुन् । सह-निर्माताहरुमा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल छन् । सन्जोग कुवँर रानाको पटकथा/संवाद तथा रविना थापा मगरको कथा रहेको फिल्ममा हरिप्रसाद घलेको डीओपी र बन्दे प्रसादको सम्पादन छ ।

पूजाले ‘दान्भी’ मा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत भएकी छन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशक र कविराज गहतराज तथा रामजी लामिछानेको कोरियोग्राफी छ ।

 


Author

थप समाचार
x