प्रमुख समाचार

लाईसेन्समा लाइनको झन्झट

इकागज |
चैत २, २०७९ बिहीबार २१:१८ बजे

पोखरा - पोखराको यातायात व्यवस्था कार्यालय (लाइसेन्स) मा नयाँ लाइसेन्सका लागि लाइन बसेकी कास्कीको अन्नपूर्ण गाउँपालिका २ की सीता अधिकारी हैरानीमा थिइन् । उनले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि लाइनको सास्ती कहिलेसम्म हो ? भन्दै पालो कुरिरहेकी थिइन् । ‘यहाँ आयो लाइनको सास्ती छ घर बसेर अनलाइन फर्म भरम भने पनि कोटा फुल मात्र भन्छ,’ उनले भनिन्, ‘फर्म भर्न यही कार्यालयको अगाडि आयो भने जति बेला पनि भर्न मिल्छ । त्यो के पैसाले मात्र हुने हो ?’ 

सीताको जस्तै लाइन नबसी सेवा लिन पाए हुन्थ्यो भन्ने गुनासो कार्यालय पुग्ने सयौं सेवाग्रहीको छ । तर, सो कार्यालयमा दैनिक एक हजारको हाराहारीमा सेवाग्राही यसै गरी लाइन बस्न बाध्य छन् । पोखराको यातायात कार्यालयमा सवारी र लाइसेन्सको छुट्टछुट्टै कार्यालय छ । दुवै कार्यालयमा उतीकै लाइन लाग्ने गर्छ । 


यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र पोखराका निमित्त प्रमुख शंकर थापाले जनशक्ति अभावका कारण सेवाग्राहीलाई दैनिक लाइन बस्नुपर्ने बाध्यता रहेको बताए । ‘सेवाग्राही लाइन बस्नुपर्दा हामीलाई पनि असजिलो महसुस भएको छ । यसका लागि हामीले पहल गरिरहेका छौं । कर्मचारी पदपूर्तिका लागि मन्त्रालयलाई चिठी लेखि पठाएका छौं,’ उनले भने, ‘३३ जना कर्मचारी हुनुपर्ने हो । अहिले स्थायी र करारका गरे २० जनाले मात्र मिलाएर काम गरिरहेका छौं ।’

यो कार्यालयबाट नयाँ लाइसेन्सको प्रक्रियासँगै परीक्षा र ट्रायल, परिक्षणकालीन र नयाँ लाइसेन्स वितरण तथा नविकरणको काम हुने प्रमुख थापाले बताए । ‘हामी कहाँ लाइसेन्सको काम मात्र हुन्छ,’ उनले भने, ‘सबै सेवाका लागि दैनिक एक हजारको हाराहारीमा सेवाग्राही आउनुहुन्छ ।’ सेवाग्राही बिहान १० देखि १२ बजेको बीचमा एउटै समयमा धेरै सेवाग्राही जाने भएकाले झनै समस्या हुने गरेको उनले बताए । समस्याका बीचमा पनि कार्यालयले केही सुधारका काम गरिरहेको उनले सुनाए । 


Author

थप समाचार
x