प्रमुख समाचार

देशैभर फैलियो मनसुन : बाढी, पहिरो र डुबानको सम्भावना बढ्यो

इकागज |
जेठ ३१, २०७८ सोमबार ५:५९ बजे

काठमाडौँ : पूर्वी  भू-भाग हुँदै नेपाल प्रवेश गरेको मनसुन आइतबारदेखि देशैभरी फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो साता मनसुन सक्रिय भएर देशका विभिन्न स्थानमा हल्का, भारी र धेरै वर्षाको सम्भावना हो ।

आवश्यक सतर्कता अपनाउन हुनसमेत महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, प्रदेश-२, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ ।


त्यस्तै सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-२, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ ।

मंगलबार दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना छ ।

सोही राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

 

 


Author

थप समाचार
x