प्रमुख समाचार

युरो २०२० : कसले जित्ला गोल्डेन बुट ?

इकागज |
असार १४, २०७८ सोमबार १३:२२ बजे

काठमाडौँ : युरो २०२० को नकआउट चरण चलिरहँदा युरोपियन च्याम्पियन बन्‍ने दौडबाट केही बलिया टिम बाहिरी सकेका छन् । आइतबार राति मात्रै अन्तिम १६ को प्रतिस्पर्धाबाट क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल बाहिरियो भने नेदरल्यान्ड्स पनि चेक गणतन्त्रसँग पराजित हुँदै घर फर्कियो ।

नकआउट चरण अघि बढ्दै जाँदा उपाधि हाेड मात्रै होइन, गोल्डेन बुटको दौड पनि बलियो बन्दै गएको छ । अवश्य पनि गोल्डेन बुटको विजेता प्रतियोगितामा धेरै गोल गर्ने खेलाडी नै हुनेछन् । एकभन्दा बढी खेलाडीको गोल संख्या बराबरी भए गोल्डेन बुटको विजेता असिस्टबाट निर्क्यौल हुनेछ । त्यसबाट पनि विजेताको टुङ्गो नलागे कम समय खेल्ने खेलाडी गोल्डेन बुटको हकदार हुनेछन् । 


सन् २०१२ यता युरोमा गोल्डेन बुटबाहेक सिल्भर बुट र ब्रोन्ज बुट पनि वितरण गरिँदै आइएको छ । गोल संख्यामा दोस्रो तथा तेस्रो हुने खेलाडीलाई क्रमशः सिल्भर बुट र ब्रोन्ज बुट दिइन्छ । युरो २०१२ मा स्पेनका फर्नान्डो टोरेस गोल्डेन बुट विजेता बनेका थिए । तीन गोल र एक अस्सिट नै भएका जर्मनीका मारियो गोमेजले भने सिल्भर बुटमा चित्त बुझाएका थिए । किनभने उनले टोरेस भन्दा बढी समय मैदानमा बिताएका थिए । 

युरो २०१६ मा गोल्डेन बुट फ्रान्सका एन्टोइन ग्रिजमनले जिते । उनले कुल ६ गोल गरेका थिए । यसपटक भने गोल्डेन बुट रेसमा बेल्जियमका रोमेलु लुकाकु अगाडि छन् । इंगल्यान्डका ह्यारी केन र फ्रान्सका किलियान एमबाप्पे पनि गोल्डेन बुटको रेसमा सहभागी हुने अनुमान गरिएको थियो । तर दुबैले गोलको खाता खोल्न सकेका छैनन् । 

बरु चेक टिमका प्याट्रिक सिक उच्च गोलकर्ताको दौडमा छन् । उनले चार गोल गरिसकेका छन् । रोनाल्डोले पनि चार खेलमा पाँच गोल गरे । तर उनी युरो नकआउटबाटै घर फर्कने भएपछि उनको गोल संख्यालाई अन्य खेलाडीले उछिन्‍ने सम्भावना बलियो छ । 

युरो २०२० मा गोलकर्ताः 
क्रिस्टियानो रोनाल्डो, पोर्चुगल, ५ गोल, १ असिस्ट 
प्याट्रिक सिक, चेक गणतन्त्र, ४ गोल
एमिल फोर्सबर्ग, स्विडेन, ३ गोल 
रोबर्ट लेवान्डोस्की, पोल्यान्ड, ३ गोल 
रोेमेलु लुकाकु, बेल्जियम, ३ गोल 
जर्जिनो वाइनाल्डम, नेदरल्यान्ड्स, ३ गोल 
मेम्फिस डिपे, नेदरल्यान्ड्स, २ गोल, २ असिस्ट
जेर्दन साकिरी, स्विटजरल्यान्ड, २ गोल, १ असिस्ट
रोमन यारेमचुक, युक्रेन, २ गोल, १ असिस्ट
आन्द्रे यार्मोलेन्को, युक्रेन, २ गोल, १ असिस्ट 
सिरो इममोबिले, इटाली, २ गोल, १ असिस्ट 
माटियो पेसिना, इटाली, २ गोल 
म्यानुएल लोकाटेली, इटाली, २ गोल 
युसुफ पौलसन, डेनमार्क, २ गोल 
काई हाबर्टस, जर्मनी, २ गोल 
रहिम स्टर्लिङ, इंगल्यान्ड, २ गोल 
करिम बेन्जेमा, फ्रान्‍स, २ गोल 
इभान पेरिसिच, क्रोएसिया, २ गोल, १ असिस्ट 
थोर्गन हाजार्ड, बेल्जियम, २ गोल 

   
 


Author

थप समाचार
x