प्रमुख समाचार

प्रधानमन्त्री देउवालाई मोदीको बधाई

इकागज |
साउन ३, २०७८ आइतबार २२:४६ बजे

फाइल फोटो

काठमाडौँ : विश्वासको मत पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् ।

देउवाले प्रतिनिधि सभामा १६५ सांसदको समर्थनसहित विश्वासको मत पाएलगत्तै मोदीले ट्वीटरबाट बधाई दिएका हुन् । साथै मोदीले देउवालाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् । देउवासँग मिलेर दुई देशको आपसी हितको पक्षमा काम गर्न तयार रहेको पनि मोदीले ट्वीटमा उल्लेख गरेका छन् । 


 


Author

थप समाचार
x