प्रमुख समाचार

जसपाले तीन मन्त्रीलाई बर्खास्त गरेको पत्र प्रदेश सभामा दर्ता

बिक्रम खड्का |
साउन १४, २०७८ बिहीबार १८:९ बजे

बुटवल - जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सभामा रहेका आफ्ना तीन जना सदस्यलाई निस्काशन गरेको पत्र प्रदेशसभामा दर्ता गरेको छ । जसपा कार्यकारिणी समितिको बैठकले पार्टी अनुशासन उल्लंघन गरेको अभियोगमा तीन जना प्रदेश सभा सदस्यलाई निस्काशन गरेको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गरेको हो । 

जसपा प्रदेश सभा संसदीय दलका नेता सहजराम यादवले हस्ताक्षर गरको पत्रमा सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई निश्काशन गरेको जानकारी गराइएको छ । प्रदेश अध्यक्ष अशोक यादवले आवश्यक सबै कागजातसहित उनीहरूलाई पार्टी कारबाहीको पत्र प्रदेश सभामा पुगेको छ । त्यसको कारबाही सचिवालयले छिट्टै गर्ने उनले बताए । यसअघि पनि उनीहरू कारबाहीमा परे पनि आदालतवाट पुनर्बहाली भएका थिए । त्यतिवेलाको उनीहरूको अन्तिम फैसला हुन बाँकी छ ।


जसपाले निस्काशन गरेको पत्रसँगै गत असार तीन गतेको कार्यकारिणी समिति बैठकको निर्णय र प्रदेशसभा सदस्यहरूलाई सोधेको स्पष्टीकरण पत्रको प्रतिलिपि, साउन १२ गतेको कार्यकारिणी समिति बैठकको निर्णयको प्रतिलिपि र असार पाँच गते पार्टीको आधिकारिक इमेल र ६ गते हुलाकबाट पठाइएको पत्रको प्रतिलिपि पनि प्रदेश सभा सचिवालयलाई उपलब्ध गराएको छ ।

जसपाको महन्थ ठाकुर समूहमा रहेका चार प्रदेश सभा सदस्यमध्ये सुमन शर्मा रायमाझीले सरकारबाटै राजीनामा दिएर पार्टीको निर्देशन अनुसार चल्ने प्रतिबद्धता जनाएका कारण उनलाई कारबाही गरिएको छैन । पाण्डेय, यादव र पाण्डे हाल शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री रहेका छन् ।

लुम्बिनीका विपक्षी दलूरुले पोखरेल सरकार अल्पमतमा रहेको भन्दै तत्काल राजीनामा दिन या विश्वासको मत लिन चुनौती दिइरहेका छन् ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x