प्रमुख समाचार

सेनाले राजनीतिक सम्बन्ध लयमा ल्याउला त ?

मानार्थ उपाधिका लागि प्रधानसेनापति शर्मा भारत जाँदै

इकागज |
कात्तिक ११, २०७८ बिहीबार २०:१६ बजे

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्मा चार दिने भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानसेनापति भएपछि शर्माले पहिलो विदेश भ्रमण छिमेकबाट गर्न लागेका हुन् । नेपाल र भारतबीच असमझदारी हुँदा सेनाको पहलमा सम्बन्ध सुदृढ गर्ने कार्य हुँदै आएको छ । यतिबेला लयमा नरहेकाे नेपाल-भारतकाे सम्बन्ध प्रधानसेनापतिको भारत भ्रमणले लयमा फर्काउन मद्दत गर्ने विश्वास राजनीतिक र कूटनीतिक वृत्तमा छ ।

नेपाल र भारतबीच सैन्यसम्बन्ध आफैंमा सुमधुर र बलियो रहेकाले पनि सेनापतिमार्फत भारतसँग सकारात्मक सम्बन्धकाे पहलमा सरकार लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं भारत भ्रमणमा जाने तयारी हुँदै गर्दा सेनापतिबाट त्यसमा पहल हुने भएको हो । ‘प्रधानसेनापतिबाट हुने यो भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास गरिएको छ,’ नेपाली सेनाले जनाएको छ ।


मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानसेनापति शर्माको चार दिने भारत भ्रमण स्वीकृत गरेको हो । उनी कात्तिक २३ मा भारत जाने छन् भने २६ मा स्वदेश फर्कनेछन् । प्रधानसेनापतिको नेतृत्वमा सात सदस्यीय भ्रमण दल तय भएको छ ।

छिमेकी भारतबाट नेशनल डीफेन्स कोर्स (एनडीसी) गरेका प्रधानसेनापति शर्मा भारतीय सेनाको मानार्थ प्रधानसेनापतिसमेत हुन् । भारत भ्रमणका क्रममा प्रधानसेनापति शर्माले नेपाल र भारतबीच चलिआएको परम्पराअन्तर्गत भारतले प्रदान गर्ने मानार्थ प्रधानसेनापतिको सम्मान ग्रहण गर्नेछन् । उनले भारतीय राष्ट्रपति रामनाथ कोभिन्दाबाट दज्र्यान्ही चिन्ह लगाउने छन् भने त्यहीं उनले मानार्थ महारथीको सम्मान पाउनेछन् ।

नेपाल-भारतबीच एकअर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको सम्मान दिने चलन छ । यसअघि नेपालबाट १४ जना प्रधानसेनापतिले मानार्थ महारथी र भारतीय १८ जना सेनाध्यक्षले मानार्थ महारथी लिइसकेका छन् । दुवै मुुलुकका सेनाबीच तालिम र रक्षासम्बन्धी सहयोग आदान-प्रदान हुँदै आएको छ । यसअघि नेपाल भ्रमणमा आएका नरवाणेलाई त्रिभुवन विमानस्थलमा शर्माले नै बलाधिकृत रथीको रुपमा स्वागत गरेका थिए ।


Author

थप समाचार
x