प्रमुख समाचार

नेकपा सुदूरपश्‍चिम अध्यक्ष कर्ण थापालाई हटाउन सिफारिस

नवराज पनेरु |
पुस १९, २०७७ आइतबार १४:२८ बजे

धनगढी : नेकपा सुदूरपश्चिम प्रदेश समिति बैठकले बैठकले पार्टीका प्रदेश अध्यक्ष कर्ण थापालाई पदबाट हटाउन सिफारिस गर्ने निर्णय गरेको छ । ओली समूहमा रहेका थापालाई दाहाल नेपाल समूहको बहुमत रहेको समितिले हटाउन पार्टी केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय रहेको हो । 

प्रदेश इन्चार्ज भीम रावलले पत्रकार सम्मेलन गर्दै प्रदेश समितिको बैठकले थापालाई हटाउने निर्णय गरेको जानकारी दिए । ‘थापाले अनुशासनहीन काम गरेकोले पार्टीको विधानअनुसार कारबाही गरिएको हो,’ रावलले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा भने । 


बैठकले पार्टीका कैलाली अध्यक्ष रतन थापा, प्रदेश समिति सदस्य महेश पन्तलाई पनि प्रदेश समितिको पदबाट मुक्त गर्ने र सदस्यता छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको रावलले बताए । प्रदेश अध्यक्ष थापा, जिल्ला अध्यक्ष थापा र प्रदेश समिति सदस्य पन्त प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता हुन् । 


Author

थप समाचार
x