प्रमुख समाचार

'प्रधानमन्त्रीज्यू, मसँग ओर्जिनल संविधान छ तपाईंसँग ?'

सुजल बज्राचार्य |
पुस २५, २०७७ शनिबार १२:४८ बजे

काठमाडौं : नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विघटनविरुध्‍द बहस कार्यक्रम गरेको छ । सभा विघटनविरुध्‍द अनेरास्ववियूले शनिबार बिहान ११ : ३० बजे प्रदर्शनीमार्गमा खुला सडक बहस कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागीहरूले 'प्रधानमन्त्रीज्यू, मसँग ओर्जिनल संविधान छ तपाइँसँग नि ?,' 'व्यक्तिको शाहन होइन, अब विधि शासन,' 'हामी अदालत हेरिरहेका छौं, अदालतले संविधान हेरोस् जस्ता प्‍लेकार्ड बोकेका थिए ।

कार्यक्रममा पुर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ , संविधानविद प्रा.डा. चन्द्रकान्त ज्ञावाली ,  नेपाल वारका पुर्व उपाध्यक्ष गोविन्द बन्दी,  नेपाल बारका पुर्वमहासचिव सुनिल पोखरे , युवा नेताहरु रमेश मल्ल, रचना खड्‌कालगायत उपस्थित थिए ।



Author

थप समाचार
x