प्रमुख समाचार

प्रहरीका ११ एसपीको एसएसपीमा बढुवा सिफारिस

इकागज |
पुस २९, २०७७ बुधबार १९:३० बजे

काठमाडौँ : नेपाल प्रहरीका ११ उपरीक्षक(एसपी)को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न बढुवा समितिले सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समिति बैठकले एसएसपीमा बढुवा सिफारिस गरेको हो । 

बैठकपछि बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले जारी गरेको विज्ञप्ति अनुसार बढुवा सिफारिसमा एक नम्बरमा लागू औषध नियन्त्रण व्यूरो, काठमाडौंमा कार्यरत कृष्णकुमार महत सिफारिस भएका छन् ।


 त्यस्तै दोस्रोदेखि ११ औंसम्म क्रमसः गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेलको एसएसपीमा बढुवा गर्न सिफारिस भएको छ । 

हेरौं बढुवा सिफारिस गरिएको पत्र :


 


Author

थप समाचार
x