संसद्

सभामुख घिमिरे स्वदेश फर्किए

इकागज |
चैत २, २०७९ बिहीबार २०:२९ बजे

फाइल फोटो

काठमाडौँ - संघीय संसद प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे बिहीबार स्वदेश फर्केका छन् । अन्तरव्यवस्थापिका संघ (आइपियु) को १४६ औँ महासभामा सहभागी भई सभामुख घिमिरे बिहीबार  स्वदेश फर्किएका हुन् । 

सभामुख घिमिरेले  महासभालाई बहराइनको राजधानी मनामामा सोमबार सम्बोधन गरेका थिए । सो क्रममा उनले नेपालले सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका थिए । त्यस्तै उनले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग भेट गरेका थिए । 


बहराइनका सभामुख लगाएत अन्य प्रतिनिधिहरुसंगको भेटमा नेपालको कामदारका बिषयमा कुराकानी भएको सभामुख घिमिरेले बताए । नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख गत शुक्रबार बहराइन गएका थिए । 


Author

थप समाचार
x