संसद्

प्रधानमन्त्रीप्रति अध्यक्ष लिङ्देनको कटाक्ष : प्रधानमन्त्री नयाँ गाडी चलाउन दिँदा पुरानोमा फर्किनुभयो

इकागज |
चैत ६, २०७९ सोमबार १५:१५ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति व्यंग्य गर्दै पुरानो गाडी चलाउन ड्राइभर फर्किएपछि आफूले सत्ताबाट बाहिरिनुपरेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले यस्तो व्यंग्य गरेका हुन् । उनले नयाँ गाडी दिँदादिँदै पनि ड्राइभर पुरानो गाडीमा फर्किएपछि आफू बाध्य भएर सरकारबाट छुट्नुपरेको उल्लेख गरे । उनले प्रधानमन्त्री दाहालले धोका दिएपछि आफू सरकारबाट बाहिरिएको र यसमा इतिहासले मूल्यांकन गर्ने बताए ।


लिङ्देनले हाइड्रोजन गाडी दिँदैदिँदै प्रधानमन्त्री थोत्रेको गाडीमा फर्किएको तर्क गरे ।

अध्यक्ष लिङ्देनले भने, ‘हामीले त लाइसेन्स प्राप्त ड्राइभरलाई गाडी चलाउन दिएका थियौँ । तर उहाँ स्टार्ट गर्न नपाउँदै पुरानै गाडी चलाउँछु भनेर झर्नुभयो । त्यसपछि हामी सरकारमा बसिरहन सकेनौँ । समर्थन फिर्ता लियौँ । तर उहाँले धोका दिनुभयो । यो मुलुकमा नैतिकता पनि हुन्छ भनेर हामीले देखायौँ । प्रधानमन्त्री दिइरहेको गाडी छोडेर भाग्नुभयो ।’

अध्यक्ष लिङ्देनले राप्रपाले विश्वासको मत नदिने पनि बताए । 


Author

थप समाचार
x