संसद्

सरकार बनाउने र भत्काउने खेलले देश समृद्ध बन्दैन : अध्यक्ष केसी

इकागज |
चैत ६, २०७९ सोमबार १६:२९ बजे

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदीय प्रणालीलाई स्वीकार गर्दै जाँदा अहिले यही प्रणाली चलाउन नै नसक्ने भएको बताए । उनले सरकार संसद्को ठूलो पार्टी र ठूलो पार्टीले नसके दोस्रो ठूलो पार्टीले सरकार बनाउनुपर्नेमा तेस्रो पार्टीलाई बोकेर हिँड्नु शर्मनाक रहेको उल्लेख गरे ।


केसीले सरकार बनाउने र गिराउने खेती भइरहेको भन्दै लोकतन्त्र र गणतन्त्र जोगिन नसक्ने स्पष्ट पारे ।

अध्यक्ष केसीले सत्ता र स्वार्थका लागि मात्रै लड्न नहुने बताए । आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने पनि स्पष्ट पारे ।


Author

थप समाचार
x