संसद्

लक्ष्मी महतो कोइरीकाे सांसद पद निलम्बन

इकागज |
बैशाख १९, २०८० मंगलबार १७:२३ बजे

फाइल तस्बिर

काठमाडाैँ- नेकपा एमालेका लक्ष्मी महतो कोइरीकाे सा‌ंसद पद निलम्बनमा परेकाे छ । मंगलबार  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम कोइरीकाे सा‌ंसद पद निलम्बन गरेका हुन् ।

सभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीकाे सा‌ंसद पद निलम्बनमा परेको जानकारी दिएको हो ।


काेइरीविरुद्ध फाैजदारी अभियाेगमा अदालतबाट पक्राउ पुर्जी जारी भएकाे छ र प्रहरीकाे फरार सूचीमा रहेका छन् । 

 

र, याे पनि

एमाले सांसद कोइरीलाई ‘उन्मुक्ति’ : कानुनको भद्दा मजाक


Author

थप समाचार
x