संसद्

माओवादी सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयता विरोधी देखिँदा म आश्चर्य चकित छु : सि के राउत

इकागज |
जेठ ९, २०८० मंगलबार १३:१५ बजे

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष तथा सांसद सि के राउतले माओवादी सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयता विरोधी भएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधि सभाको  नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै राउतले संघीयताको विषयमा प्रश्न उठाएका हुन् । 

‘नीति तथा कार्यक्रमा केवल तीन पटक संघीयताको उल्लेख गरिएको छ । संघीयतालाई सफल गर्ने खालको ठोस नीति देखिएन,’ उनले भने, ‘म यसबाट आफै आश्चर्य चकित छु कि माओवादी सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयता विरोधी देखिएको  छ ।’


संघीयताको विषयमा सरकार गम्भीर हुनुपर्ने समेत उनले बताए । ‘संघीयता उच्चारण गर्दा वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरिने बाहेक ठोस् कुनै कार्यक्रम छैन,’ उनले भने, ‘यस प्रति सरकार र नीति निर्माता गम्भीर हुन जरुरी छ । संघीयताको विभिन्न मुद्दाहरू प्रदेश प्रहरी, कर्मचारी समायोजन विषयमा ठोस रुपमा सम्बोधन गर्ने पहल हुनुपर्दछ ।’ 


Author

थप समाचार
x