संसद्

रवि लामिछानेले भने-प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्राे छ भन्नुभएकाे छ, चेक कहाँ गर्ने ?

इकागज |
जेठ १०, २०८० बुधवार ११:५९ बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेका छन् । बुधबारको संसद् बैठकमा विशेष समय माग गर्दै रास्वपका तर्फबाट उनले यस्तो माग राखेका हुन् । 
‘मुछिएका मान्छेहरू हेर्नुहोस् यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ? विश्वासको वातावरण बन्द भएको छ,’ उनले भने, ‘यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ ।’
लामिछानेले नाम मुछिएका सबैलाई छानबिनको दायरामा ल्याउन सरकारले खुट्टा कमाउनु नहुने बताए । 
‘जसजसको नाम आएको छ तिनलाई छानबिन को दायारासम्म पनि ल्याउनु नहुने । सोधपुछ सम्म गर्नु नहुने किन डराएको ?’, उनले प्रश्न गरे, ‘गृहमन्त्रीले मुटु दह्रो छ प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो उहाँको मुटु कहाँ गएर चेक गर्ने । हरेक नाम आएका मान्छेसँग सोधपुछ हुनुप¥यो । कारबाहीको दायरामा ल्याउनु प¥यो ।’
 



Author

थप समाचार
x