संसद्

संसदमा अमरेशको प्रश्न : नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ?

इकागज |
जेठ २२, २०८० सोमबार १५:१८ बजे

काठमाडौँ- प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले दुई-दुईपटक संघीय संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ भनेर प्रश्न गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा संवैधानिक व्यवस्था उद्धृत गर्दै उनले दुई-दुईपटक सदनले पारित गरेर प्रमाणीकरण गर्नुपर्ने बाध्यकारी संवैधानिक बाध्यता हुँदा पनि प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिमाथि कस्तो कारबाही हुन्छ भनेर प्रश्न गरे । साथै उनले कारबाही नै गर्नुपर्ने बताए ।


राष्ट्रियसभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित फिर्ता पठाएकी थिइन् । यसपछि फेरि उक्त विधेयकमाथि छलफल गर्दै दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी होल्ड गरेर राखेकी थिइन् । उक्त कार्य कानुनविपरीत रहेको भन्दै सांसद सिंहले उनलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।


Author

थप समाचार
x