संसद्

म सिद्धान्ततः धर्म निरपेक्षतावादी हुँ : प्रधानमन्त्री

इकागज |
जेठ २२, २०८० सोमवार १५:३० बजे

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू धर्म निरपेक्षतावादी भएको बताएका छन् । सोमबार प्रतिनिधि सभामा भारत भ्रमणका क्रममा मन्दिरमा गएर पूजापाठ गरेको सन्दर्भमा उठेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

‘मान्य सदस्यहरूले नास्तिक होस् कि आस्तिक होस् भनेर प्रश्न सोध्नुभएको  छ,’ उनले भने, ‘म सिद्धान्ततः धर्म निरपेक्षतावादी हुँ । सबै धर्मलाई समान मान्यता दिनुपर्छ । राज्यले कुनै धर्मलाई नजिक र कुनै धर्मलाई टाढा बनाउनु हुँदैन भन्ने पक्षको हुँ म । जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ ।’


उनले भारतमा जाँदा त्यहाँको प्रोटोकल, आस्थाअनुसार महाकालेश्वर मन्दिरकाे कार्यक्रममा  सहभागी भएको बताए । आफू अन्य धर्म सम्प्रदायको कार्यक्रममा जाँदा पनि त्यहीअनुसारको भेषभूषा पनि लगाइरहेको उनकाे भनाइ छ ।


Author

थप समाचार
x