संसद्

जिल्ला निर्वाचन कार्यालय आवश्यक छ : रामहरि खतिवडा

इकागज |
जेठ २६, २०८० शुक्रबार १६:४३ बजे

काठमाडौँ– कांग्रेस सांसद रामहरि खतिवडाले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न सरकारसँग अनुरोध गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा चलिरहेको बजेटमाथिको छलफलमा बोल्दै उनले जिल्ला निर्वाचन कार्यालय खारेन नगर्न माग गरेका हुन् ।

‘तपाईँले धेरै कार्यालय खारेजको रूपमा लानुभएको छ,’ सांसद खतिवडाले भने, ‘स्वागतयोग्य नै छ धेरै कुरा । तर निर्वाचन कार्यालय स्वतन्त्र निर्वाचन आयोग संवैधानिक आयोग भएकाले जिल्लामा पनि आवश्यक पर्छ । सिडियोको मातहत गराएको चुनाव त्यति निष्पक्ष हुँदैन । जो सरकारमा हुन्छ, सिडियो सरकारप्रति लोयल हुने हुँदा स्थानीय तहमा हुने निर्वाचन कार्यालय आफैँ स्वतन्त्र भएर रहनुपर्छ ।’


सांसद खतिवडाले अर्थमन्त्री प्रकाशशरण महतले यसबारे प्रष्ट पार्नुपर्ने समेत बताए ।
 


Author

थप समाचार
x