संसद्

राजश्व र करको भरमा मात्रै देश चल्न सक्दैन : सांसद सुवाल

इकागज |
असार १३, २०८० बुधबार १८:० बजे

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजश्व र करको भरमा मात्रै देश चल्न नसक्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा बोल्दै यस्तो बताएका हुन् । उनले मुलुकमा अब प्रगतिशील कर प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारको राजश्वको स्रोत सवारी आयात, मदिरा आयात, मदिरा उत्पादनमा अन्तशुल्क, जग्गा निजी प्लटिङमा रनिस्टेशन शुल्क र पुँजीगत लाभ कर यो स्रोत भरपर्दो नभएको जिकिर गरे ।


उनले सरकारले कृषि उद्योग र उत्पादनलाई जोड दिई देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताए ।

सांसद सुवालले एउटै उद्योगी व्यापारीको ४० अर्ब नाफा भएको सार्वजनिक भए पनि देशभरको आयकर जोड्दा जम्मा ९४ करोड मात्रै रहेको बताए । उनले आयकर ९४ करोड मात्रै हुनु प्रगतिशील कर प्रणाली नहुँदाको परिणाम भएको बताए ।


Author

थप समाचार
x