संसद्

उपसभामुख रानाको गुनासो : मलाई बोल्न दिएनन्

इकागज |
साउन २४, २०८० बुधबार १२:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएका हुन् ।

उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न गरिन् । उनले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो ? भन्दै प्रश्न समेत गरे । उनले अहिले प्रतिनिधि सभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गरिन् ।


‘संविधान देशको लागि जनताको लागि नियतपूर्ण तरिकाले डेलिभरी भएको छ । मेरो प्रश्न छ । आज प्रतिनिधि सभामा हेर्नुहोस् त कति जना महिलाहरु बोल्नुहुन्छ ? त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त ? हिजो कति ५/६ दिनपछि संसद्‌ खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई । उप चुप भनेर त्यो संविधानले कहाँ लेखेको छ । नियममा कहाँ लेखेको छ, उप चुप भनेर' उनले भनिन् 'संसद्‌मा पो मैले बोल्न मिल्दैन त, बाहिर किन बोल्न मिल्दैन मैले ? कि म पनि मगर, मतुवालीको छोरी भएर हो की ? यो मेरो प्रश्न छ । शुसानको कुरा गर्नुहुन्छ, यो सुशासन हो की कुशासन हो ? बुझ्न सकेको छैन, कि मैले नबुझेको हो की, बालक हो की म । कृषिमा युवालाई बजेट जाँदैन, जसले प्रपोजल तयार पारेको छ, त्यसलाई जान्छ, रातारात अर्गनाइजेशन खोलिन्छ । अनि कहाँ सुशासन छ, अनि कसरी युवाहरु पलायन हुँदैनन् ।’

उपसभामुख रानाले देशमा शुसासन नभइ कुशासन रहेको दाबी गरिन् ।


Author

थप समाचार
x