संसद्

एमालेको नाराबाजीपछि शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

इकागज |
साउन २४, २०८० बुधबार १३:३२ बजे

काठमाडौँ–सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि प्रतिनिधिसभाको बुधबारको बैठक पनि स्थगित भएको छ । बुधबार बैठक सुरुभएपछि एमालेका सांसदले उठेर विरोध जनाएका थिए ।

एमाले सांसद सूर्य थापाले सत्तापक्षले सुन प्रकरणमा छानबिन गर्न कुनै मनसाय नदेखाएका कारण अवरोध निरन्तर रहने भन्दै नाराबाजी गर्दै एमाले सांसद उठेर अगाडि आएका थिए । 
एमाले सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन नभएसम्म प्रतिनिधिसभा  चल्न नदिने निर्णय गरेको थियो । जसका कारण प्रतिनिधिसभा र राष्ट्रिय सभा लगातार स्थागित भइरहेको थियो । मंगलबार गृहमन्त्रीलाई जवाफ दिन एमाले सहमत भएपछि बैठक केहीबेर सञ्चालन भएको थियो ।


तर गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको र उच्च स्तरीय छानबिन समिति गठन नगरेको भन्दै विरोध जनाएपछि बैठक स्थगित भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार १ बजे बस्नेगरी स्थगित भएको छ ।
 


Author

थप समाचार
x