संसद्

एमालेको अवरोधपछि राष्ट्रिय सभा  बैठक स्थगित

इकागज |
साउन २४, २०८० बुधबार १५:१४ बजे

फाइल फाेटाे

काठमाडौँ–सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि बुधबारको राष्ट्रिय सभाको  बैठक स्थगित भएको छ ।

सरकारले छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै एमाले सांसदहरूले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको थियो । 


एमाले राष्ट्रिय सभा संसदीय दलले सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन नभएसम्म राष्ट्रिय सभा पनि चल्न नदिने निर्णय गरेको थियो ।  जसका कारण प्रतिनिधिसभा र राष्ट्रिय सभा लगातार स्थागित भइरहेको थियो । 

मंगलबार प्रतिनिधिसभामा गृहमन्त्रीलाई जवाफ दिन एमाले सहमत भएपछि बैठक केही बेर संञ्चालन भएको थियो । तर गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको र उच्च स्तरीय छानबिन समिति गठन नगरेको भन्दै विरोध जनाएपछि बुधबारको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको थियो ।

राष्ट्रिय सभाकाे अर्को बैठक साउन २६ गते शुक्रबार बस्नेगरी स्थगित भएको हो । 


Author

थप समाचार
x