संसद्

थारुहट आन्दोलनका कैदी बन्दीलाई जेलमुक्त गरियोस् : सांसद चौधरी

इकागज |
भदौ ७, २०८० बिहीबार १३:५३ बजे

काठमाडौँ–प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले थारुहट आन्दोलन राजनैतिक आन्दोलन भएकाले  यस घटनामा थुनामा परेका बन्दीहरूलाई रिहा गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले यस्तो माग गरेका हुन् । 

‘आज टीकपुर घटनाको आठ वर्ष भयो,’ उनले भने, ‘धेरै थारुहरू जेल जीवन बिताइरहेका छन् । केही थारुहरू देश बाहिर र देश भित्र लुकिछिपी रहिरहेका छन् । उहाँहरूलाई छाडदिन म जोडदार माग गर्दछु ।’


राजनैतिक आन्दोलनका कैदी बन्दीलाई तत्काल रिहा नगरे उनीहरू फेरि जुर्मुराउनेसमेत उनले बताए ।

 ‘थारु आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन हो,’ उनले भने, ‘आफ्नो हक अधिकार, पहिचान र भूगोलको लागि आन्दोलन भएको थियो । त्यसैकारण थारुहरूलाई राज्यबाट दमन र विभेद भएको छ । यसको अन्तिम विकल्पको रुपमा थारुहरू फेरि जु्रमुराउन सक्छन् । यसैकारण छिटोभन्दा छिटो थारुहरूलाई जेलमुक्त गर्न अनुरोध गर्दछु ।’
 


Author

थप समाचार
x