संसद्

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा स्थानीय तहले शिक्षक सरुवा गर्न पाउने व्यवस्था

इकागज |
भदौ २७, २०८० बुधबार १३:४० बजे

काठमाडौँ–अब स्थानीय तहले शिक्षकको सरुवा गर्न पाउने भएका छन् । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा शिक्षकको सरुवाको अधिकार स्थानीय तहलाई दिने व्यवस्था गरिएको छ । 

संसद्मा दर्ता भएको विधेयकमा कुनै पनि स्थानीय तहले आफू अन्तर्गतका एउटा सार्वजनिक विद्यालयबाट अर्कोमा शिक्षक सरुवा गर्न पाउने व्यवस्था राखिएको छ । यस्तै एक स्थानीय तहले अर्को स्थानीय तहमा समेत सरुवा गर्न पाउने छ ।


तर, शिक्षकको सरुवा गर्दा आधारभूत तहको साधारण शिक्षकलाई समान पदको रिक्त पदमा र आधारभूत तहको विषयगत तथा माध्यमिक तहको शिक्षकलाई भने विषयगत रिक्त पदमा मिल्ने गरी मात्रै सरुवा गर्नुपर्ने छ । 

एउटा स्थानीय तहको सार्वजनिक विद्यालयबाट अर्को स्थानीय तहको सार्वजनिक विद्यालयमा दुवै स्थानीय तहको सहमतिमा मात्रै हुने व्यवस्था विधेयकमा राखिएको छ । शिक्षकको सरुवा गर्दा रिक्त पदमा पदपूर्तिका लागि विज्ञापन भएको वा पदपूर्तीका लागि पठाएको अवस्थामा भने सरुवा गर्न नसकिने व्यवस्था विधेयकले गरेको छ ।
 


Author

थप समाचार
x