संसद्

सरकारले दिवा खाजा दिएन, विद्यार्थी भोकै पर्न थालेः सांसद यादव

इकागज |
असोज १६, २०८० मंगलबार १६:३७ बजे

काठमाडौं - नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले विद्यार्थीको दिवा खाजा रोकिएकामा आपत्ति जनाएका छन ।

प्रतिनिधि सभाको जारी बैठकमा बोल्दै कांग्रेस सांसद यादवले दिवा खाजा रोकेर सरकारले बालबालिका माथि अपराध गरिरहेको आरोप लगाएका हुन् ।


‘धनुषाको सामुदायिक विद्यालयमा दिवा खाजा रोक्का गरिएको छ, गरिबका विधार्थीले पाउँदै आएको दिवा खाजा रोकिएकाले उनीहरु भोकभोकै परेका छन, यो दिवा खाजा तुरून्त खुवाउन सुरू गरियोस,’ यादवकाे माग रहेकाे छ । उनका अनुसार सरकारका कारण जनतामा क्रमशः आक्रोश बढाएको छ, जसलाइ तत्कालै सम्बाेधन गर्नु पर्ने उनकाे भनाइ छ ।

 


Author

थप समाचार
x