संसद्

पूर्वप्रधानमन्त्रीहरूले संसद्‍मा बोल्ने समयबारे विचार गर्न चित्रबहादुर केसीकाे माग

इकागज |
असोज १६, २०८० मंगलबार १९:८ बजे

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वप्रधानमन्त्रीहरूलाई संसदमा बोल्न दिने समयबारे पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब २ घण्टा सम्बोधन गरेकोप्रति लक्षित गर्दै उनले पूर्वप्रधानमन्त्री र पूर्वसभामुखहरूलाई जति मन लाग्यो, त्यति समय बोल्न पाउने व्यवस्था गर्न नहुने बताए । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष केसीले ओलीले दुई घण्टा संसदमा सम्बोधन गर्दा के नै नयाँ कुरा आयो र ? भनि प्रश्न समेत गरे । उनले अपराधीहरूलाई पनि आममाफी दिने काम गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलप्रति पनि असन्तुष्टि व्यक्त गरे ।


अध्यक्ष केसीले जघन्य अपराधमा संलग्नहरूलाई पनि सरकारको सिफारिसमा कैद मिनाहा गर्ने कुरा लोकतन्त्रका लागि लाजमर्दो विषय भएको बताए ।

 


Author

थप समाचार
x