संसद्

सरकार इन्द्रजात्रा मनाएर मस्त सुतिरहेको छ : कांग्रेस सांसद गिरी

इकागज |
असोज १८, २०८० बिहीबार १७:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।​

बिहीबार संघीय संसद् भवनको परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार भर्खर इन्द्रजात्रा मानेर जयप्रकाश सुते झैं सुतेकाे टिप्पणी गरे । उनले नेपाल अहिले वृद्धहरूको मात्रै देश भएको बताए । उनले सरकारले जनताका कामहरू सशक्त रूपमा अघि बढाउनुपर्ने जिकिर गरे ।


उनले भने, ‘सरकार त भर्खर इन्द्रजात्रा मानेर उही जयप्रकाश सुतेका थिए नि त्यसैगरी सरकार सुतेको छ । सरकार भयो भन्दैमा हामीले सबै कुरा मान्नुपर्ने भन्ने छ । म सांसद हुँ । जनताको प्रतिनिधि हुँ । नेपाल अहिले सेतो कपाल मात्रैको देश भएको छ । भयावह अवस्था छ, नाजुक छ । सरकार सुतिरहनु भएन, सरकार मन्त्रीहरू सशक्त ढंगले पोलिसी बनाएर अघि बढ्नुपर्छ । हामी आर्थिक रुपमा जर्जर अवस्थामा गइरहेका छौँ । त्यसलाई सुधार्नु पर्छ । सरकार उही विदेश जाने, के जाने ? यो गर्नु हुँदैन । संविधानले बनाएको मिश्रित प्रणाली बदल्नुपर्छ ।’

सांसद गिरीले संविधानले बनाएको मिश्रित निर्वाचन प्रणाली बदल्नुपर्ने बताए ।


Author

थप समाचार
x