संसद्

विधेयकहरूलाई संसद्‍को आगामी अधिवेशनमा लैजाने गरी तयारी गर्न सभामुखकाे निर्देशन

इकागज |
मंसिर ११, २०८० सोमबार १६:३७ बजे

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समितिमा रहेका विधेयकहरूलाई संसदको आगामी अधिवेशनमा लैजाने गरी तयारी गर्न निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा विषयगत समितिका सभापतिसँग छलफल गर्दै सभामुख घिमिरेले विधेयकको कामलाई प्राथमिकता दिएर संसदको आगामी अधिवेशनमा लैजाने गरी तयारी गर्न निर्देशन दिएका हुन् ।


उनले समितिमा कोरम नपुगेर स्थगित हुने समस्यालाई समाधान गर्न पनि निर्देशन दिए । समितिको कार्यक्षेत्रमा देखिएको दोहोरोपन हटाउन, समितिले दिएको निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा अवगत हुन पनि उनले सुझाव दिए ।

सभामुख घिमिरेले समितिका निर्देशन र प्रतिवेदन कार्यान्वयनका लागि आफ्नो पूर्ण साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

छलफलपछि राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समितिको निर्देशन कार्यान्वयनको अवस्था, समितिको कार्यक्षेत्रलगायतका विषयमा छलफल भएको जानकारी दिए । सरकारसँगको समन्वयमा अनुगमनलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा पनि छलफल भएको उनको भनाइ छ ।

बैठकमा समिति सभापतिले सम्बन्धित समितिमा भएका बैठक, निर्देशन, उपलब्धि र अन्य कार्यसम्पादनसम्बन्धी विषयमा जानकारी गराएका थिए । 


Author

थप समाचार
x