संसद्

नेपालको सार्वभौमसत्ता जोगाउन भूराजनीतिक सन्तुलन कायम राख्नुपर्छ : सांसद जबरा

इकागज |
मंसिर १४, २०८० बिहीबार १८:७ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले नेपालको सार्वभौमसत्ता जोगाउन भूराजनीतिक सन्तुलन कायम राख्नुपर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो जिकिर गरे । उनले नेपालको सार्वभौमसत्ताको मुल आधार भूराजनीतिक सन्तुलन भएको बताए । उनले नेपालले आफ्नो सार्वभौमसत्ता कायम राख्न नसक्नुको मुख्य आधार भूराजनीतिक संवेदनशीलता रहेको बताए ।


उनले भूराजनीति सन्तुलन कसरी कायम राख्ने ? ऐतिहासिक रूपमा नेपालले यो भूमिका कसरी कायम गरेको छ ? भन्ने हिसाबबाट हेर्नुपर्ने उल्लेख गरे ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जलवायु सम्मेलन (कोप-२८) मा प्रधानमन्त्रीले राख्ने विषयवस्तुहरू अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई जानकारी नगराएकोमा आपत्ति जनाए । उनले उत्तर कोरियाले नेपालस्थित राजदूतावास हटाएकोबारे सरकारले जानकारी नगराएको प्रति पनि आपत्ति जनाए । उनले नेपालमा भइरहेको दूतावास हट्नु भनेको नेपालसँग एउटा मित्रराष्ट्र घट्नु रहेको बताए ।

सांसद सुवालले नेपालले नेपाली युवालाई भाडाको सेना बनाउनु नहुने बताए ।

 


Author

थप समाचार
x