संसद्

एनसेल खरिद बिक्रीको सम्पूर्ण विवरणसहित १५ दिनभित्र लिखित जवाफ दिन अर्थसमितिको निर्देशन

इकागज |
मंसिर २०, २०८० बुधबार १७:५४ बजे

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले एनसेलको सेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेस गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले एनसेल खरिदबिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखित रुपमा पेश गर्न निर्देशन दिइएको सभापति सन्तोष चालिसेले जानकारी दिए । बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियाटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी बिषयमा समितिलाई जानकारी गराएका थिए । छलफलपछि यस बिषयमा समग्र कागजात मगाउने निर्णय गरिएको सभापति चालिसले बताए । 


मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलको ८० प्रतिशत सेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ । 


Author

थप समाचार
x