संसद्

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्‍को आगामी अधिवेशनमा पारित हुन्छ : सभामुख घिमिरे

इकागज |
मंसिर २२, २०८० शुक्रबार १९:२७ बजे

काठमाडौँ- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको आगामी अधिवेशनमा पारित हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित १५ औं मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन समारोहमा बोल्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले त्यसलाई टुंग्याउने गरी छलफललाई अघि बढाएकाले संसदको आगामी अधिवेशनबाट पारित हुने बताएका हुन् ।


सभामुख घिमिरेले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनहरू निर्माणका लागि आफूले असहमत राजनीतिक शक्ति, नेतृत्व र पक्षसँगको छलफललाई अघि बढाएको र त्यसलाई टुंगो लगाउने विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको दाबी समेत गरे ।

त्यस अवसरमा सभामुख घिमिरेले मानव अधिकारसँग सम्बन्धित कानुन निर्माणमा पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 


Author

थप समाचार
x