संसद्

प्रतिनिधि सभाको क्यालेन्डर स्वीकृत, सांसदको हाजिरी वेबसाइटबाट

इकागज |
माघ २२, २०८० सोमबार १७:७ बजे

काठमाडौँ- प्रतिनिधि सभा बैठक सञ्चालन गर्न फागुन १४ गतेसम्मका लागि ‘क्यालेन्डर’ स्वीकृत भएको छ । सोमबार प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्य तालिका स्वीकृत गरेको हो । 

प्रतिनिधि सभाको क्यालेन्डरअनुसार माघ महिनामा २२ र २४ गते बैठक बस्ने छ । त्यसपछि फागुनमा ४ वटा बैठक बस्ने छन् ।


फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ । समितिको बैठकले सो दिन छलफल हुने विषयको तालिका समेत सार्वजनिक गरेको छ ।

यस्तै बैठकले अबदेखि सांसदहरूको विद्युतीय हाजिरी गर्ने र वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।


Author

थप समाचार
x