संसद्

अनुगमन तथा मूल्यांकन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

इकागज |
माघ २३, २०८० मंगलबार १५:३९ बजे

काठमाडौँ- अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट परिमार्जनसहित पारित भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति बैठकबाट अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जनसहित पारित भएको हो ।


राष्ट्रिय सभामा उत्पत्ति भई पारित भएर सुझावसहित प्रतिनिधि सभामा पेस भएको उक्त विधेयकमा आएको सुझावहरूलाई समेत समेटेर परिमार्जनसहित पारित भएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

सरकारले मुलुकको विकास नीति तथा योजनाको अनुगमन तथा मूल्यांकनलाई गुणस्तरीय, व्यवस्थित, र प्रभावकारी बनाउन चार वर्षअघि उक्त विधेयक ल्याएको थियो । 


Author

थप समाचार
x