संसद्

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

इकागज |
माघ २४, २०८० बुधबार ७:४२ बजे

फाइल तस्बिर

काठमाडौं - प्रतिनिधिसभाको बैठक बस्दै छ ।​

संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।


संसद् सचिवालयका कार्यवाहाक महासचिव पद्म प्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गरिनेछ ।

साथै, पूर्व सांसद केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गरिनेछ ।


 


Author

थप समाचार
x