संसद्

संघीय संसद्का महासचिव पाण्डेयले लिए शपथ

इकागज |
माघ २४, २०८० बुधबार १२:२२ बजे

काठमाडौँ- संघीय संसद् सचिवालयका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले पद तथा गोपनियताको शपथ लिएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।


समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालगायत सहभागी थिए । शपथ लिएसँगै उनले बुधबार नै पदबहाली गरेका छन् ।  

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा पाण्डेयलाई मंगलबार संघीय संसद्को महासचिवमा नियुक्त गरेका थिए ।


Author

थप समाचार
x