संसद्

कमिसनको खेलमा वायुसेवा निगमले जहाज किन्न खोज्यो : सांसद खतिवडा

इकागज |
फागुन १३, २०८० आइतबार १५:१ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कमिसनको खेलमा नेपाल वायुसेवा निगमले जहाज किन्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा खतिवडाले अहिले उत्पादन नै बन्द भइसकेका पुराना विमान निगमले किन्ने तयारी गरिरहेको भन्दै यसमा कमिसनको खेल भएको बताएका हुन् । उनले वर्तमान पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारीहरूलाई करार र ज्यालादारीमा नियुक्त गरेर राखिएको र हाजिर गरेर हिँडेपछि पुग्ने गरी नियुक्तिको व्यवस्था गरिएको आरोप लगाए ।


खतिवडाले लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामालाई नियुक्ति गरेको भन्दै यसले सरकारको सुशासनको अभियानलाई खिल्ली उडाएका बताए । सरकारका मन्त्री व्यक्तिगत स्वार्थका आधारमा चल्दा मुलुक अघि बढ्न नसक्ने उनले बताए ।


Author

थप समाचार
x