संसद्

संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेस

इकागज |
फागुन १४, २०८० सोमबार १३:४५ बजे

फाइल फोटो

काठमाडौं - संसदमा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेस गरिएको छ । 

सोमबार बसेको प्रतिनिनधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् । 


सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्ने गरी आज संसद्मा पेस गरेको हो । 

साथै सोमबार नै राष्ट्रिय सभामा पनि अर्थमन्त्री महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । 

प्रतिनिधिसभामा अर्थमन्त्री महतले उक्त प्रस्तावबारे जानकारी गराइरहेकाले राष्ट्रिय सभा बैठक सोमबार नै बन्नेगरी २१ मिनेटका लागि स्थगित गरिएको छ । 


Author

थप समाचार
x