संसद्

विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

इकागज |
फागुन १४, २०८० सोमबार १५:५ बजे

काठमाडौँ- ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८०’ सङ्घीय संसद्, राष्ट्रिय सभा समक्ष पेस गरिएको छ । सभाको आजको बैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेस गर्दै सभालाई यसबारे जानकारी गराएकी थिइन् । सभामा सभापति राईले एक वर्षमा समितिको जम्मा ५४ बैठक सम्पन्न भएको जानकारी दिइन् ।

त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ सभा समक्ष पेस गरेकी थिइन् । 


सभामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए । 


Author

थप समाचार
x