संसद्

संसद् भवन परिसरमा लघुवित्त ऋणी प्रवेश गरेकोबारे सभामुखको चासो

इकागज |
फागुन १४, २०८० सोमबार २०:५७ बजे

काठमाडौँ- संसद् भवन परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरेले गम्भीर चासो लिएका छन् । सभामुखले आज साँझ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिएका हुन् । उनले सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको बताए ।

गृहमन्त्रीले साँझ सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाइएको र छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।


प्रहरी महानिरीक्षक कुँवरले घटनालगत्तै तीन सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएका छन् । उनले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको, संसद् भवन सुरक्षार्थ टोली परिवर्तन गरिएको जानकारी दिए ।


Author

थप समाचार
x