संसद्

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज |
फागुन १७, २०८० बिहीबार ६:५० बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बिहान ११:०० बजे बैठक बोलाइएको छ । 

संघीय संसद्‌ सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले स्थानिय तहको कानुन निर्माण प्रक्रिया एवम अभ्यास सबन्धमा स्थलगत अध्ययन, अनुगमन एवम अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेश हुनेछ ।


साथै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x