संसद्

राप्रपालाई सरकारमा जान कुनै इच्छा छैन : राजेन्द्र लिङ्देन

इकागज |
फागुन २४, २०८० बिहीबार १७:४२ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनमै आफ्नो पार्टीलाई खोज्ने अवस्था आउन सक्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा लिङ्देनले राप्रपाले सरकारमा सहभागी हुन खोजेर पनि नपाएको भन्ने हल्ला फैलाउन खोजेको भन्दै केही दिनमै आफ्नो पार्टीलाई खोज्ने अवस्था आउन सक्ने बताएका हुन् । उनले राप्रपालाई सरकारमा जान कुनै इच्छा नभएको र सरकार बनाउने र गिराउने खेलमा नलाग्ने जिकिर गरे ।


मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको उनले बताए । उनले नयाँ समझदारीबाट मुलुकलाई अगाडि लैजान सबै पक्षलाई आह्वान गरे ।

लिङ्देनले मिटरब्याजी पीडित, लघुवित्त पीडित, दुग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने धारणा राखे ।


Author

थप समाचार
x