एक साताका लागि राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौं - राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । यही चैत १५ गते दिउँसो सवा १ बजे बस्नेगरी बुधबारको बैठक स्थगित गरिएको हो ।
बुधबारको बैठकमा प्रिबजेट छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएका थिए भने अनुमगन तथा मूल्यांकनसम्बन्धी विधेयकमा प्रतिनिधिसभाले गरेको संशोधनमा सर्वसम्मति जनाएको छ।
साथै बैठकले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा रहने गरी सात जनाको नाम मनोनयन गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया