प्रहरी महानिरीक्षक कुँवरले भने - सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण भेटिएन
काठमाडौँ - नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको बताएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन् ।
कुँवरले सहकारी प्रकरणको मुख्य नायक जीबी राई रहेको आफूहरुको पनि बुझाइ रहेको बताउँदै उनी मलेसियामा रहेको बताएका छन् । प्रहरीले राईलाई स्वदेश ल्याउने प्रयास आफूहरुले गरिरहेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया