समाज

अपराध गर्ने कसैलाइ प्रहरीले संरक्षण गर्दैन - महानिरीक्षक कुँवर

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १७:३० बजे

फाइल फाेटाे

काठमाडौँ  - नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले अपराध गर्ने कसैलाई प्रहरीले संरक्षण नगर्ने स्पष्ट पारेका छन् । 

शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको शैलेश्वर शिवपाञ्चायन मन्दिर, अमर प्रहरी उद्यान र ईलाइबेरीको एक साथ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कुँवरले व्यावसायिक शून्य सहनशिलतामा साथ काम गर्न निर्देशन दिँदै अपराध गर्ने जोकोहीलाई पनि प्रहरीले संरक्षण नगर्ने बताएका हुन् । 


उनले संगठनमा केही आशलाग्दा व्यक्तिहरूसमेत रहेको भन्दै उनीहरुको सिको सिकेर सकल दर्जाका प्रहरीलाई अघि बढ्न आग्रह गरे । संगठनलाई व्यावसायिक, मर्यादित र जनमुखी बनाएर काम गर्नुपर्ने समेत उनले निर्देशन दिए । 

महानिरीक्षक कुँवरले प्रहरीले आफ्नो आचरण, बोली व्यवहारलाई संगठनको मर्यादा अनुसार कायम गर्दै सेवामुखी भावका साथ काम गर्नु पर्ने बताउँदै कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष कार्य गर्न समेत निर्देशन दिए । 

कार्यक्रममा ८० बर्ष उमेर माथिका जेष्ठ नेपाल प्रहरीका पूर्व कर्मचारी, तथा जिल्ला प्रहरी कार्यालयका विभिन्न काममा सहयोग गर्ने व्यक्ति लगायतलाई सम्मान गरिएको थियो । 


Author

थप समाचार
x