संसद्

प्रहरी महानिरीक्षक कुँवरले भने - सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण भेटिएन

इकागज |
चैत १४, २०८० बुधबार १४:१४ बजे

काठमाडौँ - नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन् ।


कुँवरले सहकारी प्रकरणको मुख्य नायक जीबी राई रहेको आफूहरुको पनि बुझाइ रहेको बताउँदै उनी मलेसियामा रहेको बताएका छन् । प्रहरीले राईलाई स्वदेश ल्याउने प्रयास आफूहरुले गरिरहेको बताए । 

 


Author

थप समाचार
x