संसद्

राष्ट्रिय सभामा उठेका विषयमा जवाफ दिन अध्यक्ष दाहालको निर्देशन

इकागज |
चैत १६, २०८० शुक्रबार १६:५० बजे

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको प्रादेशिक सरोकार समयमा उठाएका विषयबारे सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई जवाफ दिन निर्देशन दिएका छन् ।

सभाको आजको बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरूले विकास निर्माणका साथै र विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएपछि अध्यक्ष दाहालले सो निर्देशन दिएका हुन् । 


प्रादेशिक सरोकार समयमा उठाएका विषयका सम्बन्धमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५ (क) को उपनियम ३ को व्यवस्थाबमोजिम सम्बन्धित मन्त्रीले सभामा उपस्थित भई जवाफ दिन सरकारलाई निर्देशन दिइएको हो ।


Author

थप समाचार
x