संसद्

कांग्रेसको प्रश्न- गल्ती छैन भने भने छानबिनको लागि किन तयार नभएको ?

इकागज |
चैत २८, २०८० बुधबार १३:२१ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरूले उठेर संसद्‌मा अवरोध गरेका थिए । 

सभामुखको अनुमतिले कांग्रेसका सांसद रामहरी खतिवडाले रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेदेखि सहकारी ठगीको छानबिन अवरुद्ध भएको दाबी गरेका थिए । सांसद खतिवडाले प्रधानमन्त्रीले पनि सहकारी ठगको बचाउ गरेको आरोप लगाउँदै संसदीय छानिबन आवश्यक रहेको बताए ।


सांसद खतिवडाले आफूहरूका माग सरकारले नसुनेको बताउदै सहकारीको एक अर्बभन्दा बढी गोरखा मिडियामा लगानी भएको र सो मिडियाको प्रबन्ध निर्देशक रवि लामिछाने रहेकाले छानबिनको माग आफुहरूले गरेको बताए ।

उनले आफुहरूले कसैप्रति पूर्वाग्रह नराखेको बताउँदै गल्ती छैन भने भने छानबिनको लागि किन तयार नभएको भन्दै प्रश्न गरेका थिए ।


Author

थप समाचार
x