संसद्

प्रतिनिधिसभाले गरेको संशोधनलाई राष्ट्रियसभाको सहमति

इकागज |
चैत ३०, २०८० शुक्रबार १७:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ मा प्रतिनिधिसभाले गरेको संशोधनलाई सहमति प्रदान गरेको छ । 

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले प्रस्तुत गरेको सो विधेयकमाथि सांसदहरू विष्णुकमारी सापकोटा, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, भुवनबहादुर सुनुवारले धारणा राखे । 


सांसदहरूले उठाएको प्रश्नको जवाफमा मन्त्री साहले खाद्य पदार्थमा स्वच्छता कायम गर्नैपर्ने र त्यसका लागि आवश्यक कानुनी प्रबन्ध गरिएको बताए । 

राष्ट्रियसभाको अर्को बैठक आगामी वैशाख ४ गते दिउँसो १ः१५ बजे बस्नेछ ।


Author

थप समाचार
x